राजनीति

    Showing 1,171-1,180 of 10,298 items.
  • प्रतिनिधिसभामा अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाहीको तयारी, समिति गठन

    काठमाडौं— सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताएका हुन् ।उनले भने, ‘प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ । आजै सो विषयमा मुचुल्क

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 476 पटक पढिएको
  • संसदमा चिप्लिँदा घाइते सांसद बसुमाया तामाङलाई एम्बुलेन्समार्फत अस्पताल लगिँदै

    काठमाडौं। संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ । साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे ।

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 227 पटक पढिएको
  • सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ । १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 225 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सिंहदरबार अगाडी नेविसंघको प्रदर्शन, ६ कार्यकर्ता पक्राउ

    काठमाडौं।  प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। प्रधानमन्त्रीले संसद्मा “नेपालले पनि भारतीय सीमा मिचेको” भन्ने आशयको भनाइ राखेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। प्रदर्शन बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरी नियन्त्रणमा पर्नेमा नेविसंघका निवर्तमान केन

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 217 पटक पढिएको
  • प्रधानमन्त्रीले दिएको अभिव्यक्ती आपत्तिजनक छ : सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।  नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदशेमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सीमा जस्तो संवेदनशिल विषयमा प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको कमजोर अभिव्यक्ति राष्ट्रिय हित विपरित भएको भन्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग समेत राखेका छन् । 

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 223 पटक पढिएको
  • ‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’

    काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन् । ‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 172 पटक पढिएको
  • प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित

    काठमाडौं । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली९मंगलबार०सम्मका लागि स्थगित गरिएको हो । बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन ।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 250 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेको माइतीघरमा प्रदर्शन

    काठमाडौं— नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको भनिएको राष्ट्रहितविपरीत अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ।सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि आघात पुगेको आरोप लगाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। एमालेले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 532 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रतिनिधि सभामा विपक्षीको विरोध

    काठमाडौं— प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ गरेको लगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उभिएर असहमति प्रकट गरेका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ले आइतबारको बैठकमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्।विरोधमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम स

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 471 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.