काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदशेमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सीमा जस्तो संवेदनशिल विषयमा प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको कमजोर अभिव्यक्ति राष्ट्रिय हित विपरित भएको भन्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
थापाले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग समेत राखेका छन् ।





































