राजनीति

    Showing 1,081-1,090 of 7,501 items.
  • कर्मचारी कटौतीप्रति आजपाका प्रवक्ता साहको तीव्र आपत्ति

    सर्लाही— अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको जागिर कटौतीको विषयमा आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहले सरकारप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता साहले चाडपर्वको मुखमा गरिब जनताको छोराछोरीलाई जागिरबाट निकाल्नु अमानवीय भएको टिप्पणी गर्दै प्रधानमन्त्री सुशील कार्कीलाई सिधा प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात — यो विभेदपूर्ण अवस्था कहिलेसम्म?'प्रवक्ता साहले मितव्ययीताको नाममा गरिएका यी कटौतीलाई आलोचना गर्दै सोधे, “प्रधानमन्त्री, मन्त्री, तथा अन्य वरिष्ठ शासक–प्रशासकहरूले आठ महिना मात्रै काम गरेर दशैं भत्ता सह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 485 पटक पढिएको
  • मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले २३ गते ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेन जी’ को माग अनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै, आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए । उनले भने, ‘२३ गते ‘जेन जी’ ले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरुभित्र

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 549 पटक पढिएको
  • अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं— अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 472 पटक पढिएको
  • जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

    काठमाडौं— नयाँ पुस्ता अर्थात् ‘जेनजी’ का मुद्दा र मागप्रति समर्थन जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। पार्टीका शीर्ष नेताहरूले युवापुस्ताको आवाजलाई संगठन र नीतिमा समावेश गर्दै समाज परिवर्तनको अभियानलाई थप सशक्त बनाउने बताएका छन्।हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीले नयाँ पुस्ताको शिक्षा, रोजगारी, डिजिटल पहुँच, मानसिक स्वास्थ्य, लैङ्गिक समानता लगायतका विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा सम्बोधन गर्दै भने, “जेनजीको सोच, चाहना र सिर्जनशीलता देश विकासको मेरुदण्ड हो। उनीहरूको आवाजलाई

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 565 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलग

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 491 पटक पढिएको
  • दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामनाः ‘संविधानमै सबै समाधान सम्भव’

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 437 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देशः समृद्धि, एकता र सहकार्यको अपिल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।राष्ट्रपतिले दशैं

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 461 पटक पढिएको
  • राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

    काठमाडौं –  भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ ।एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेको छ । दशैंको मौका छोपेर र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आयोगले सिफारिस गरेको भन्दै सचिवालयले गंभीर आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’यससँगै पार्टीले गृह मन्त्रालयद्वारा नेपाल प्रहर

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 393 पटक पढिएको
  • अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं— अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यून

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 490 पटक पढिएको
  • क्रान्तिकारी वामपन्थी दलहरुको घोषणाः जनताको शासन स्थापनाका लागि संघर्ष गर्ने

    काठमाडौं—  मुलुकमा विद्यमान भ्रष्टाचार, महंगी, बेरोजगारी, दलाल पूँजीवादी संरचना र साम्राज्यवादी हस्तक्षेपका विरुद्ध ११ वटा वामपन्थी क्रान्तिकारी दल तथा संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै ‘स्वाधीन संयुक्त सरकार’ निर्माणको पक्षमा सशक्त आन्दोलन अघि बढाउने घोषणा गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, समाजवादी कम्युनिष्ट पार्टी नेपाल, रेडफोर्स नेपाल पार्टी लगायतका ११ वटा वामपन्थी घटकहरुको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा अहिलेको संसदीय व्यवस्था खारेज गरी जनसंविधान निर्माण र जनताको शासन स्थापना

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 499 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा