राजनीति

    Showing 1,051-1,060 of 7,501 items.
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो ।बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो । 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 418 पटक पढिएको
  • नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

    बाजुरा— बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो । स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहाद

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 428 पटक पढिएको
  • मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पु¥याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 436 पटक पढिएको
  • बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

    बाजुरा— बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ । बुधबार बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले यहाँका स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्द

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 440 पटक पढिएको
  • वीरगन्ज–२० का वडाध्यक्ष परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

    वीरगन्ज— वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।बुधबार जेनजी अभियानकर्मीहरूसँगको भेलामा परागले असोज ६ गते नै पार्टी परित्याग गरेको जानकारी सार्वजनिक गर्दै भने, “त्यो कुरा मिडियामा आएको थिएन, आज औपचारिक रूपमा घोषणा गरेको हुँ।”परागले नेकपा एमालेले सुशासन र परिवर्तनप्रतिको जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै आफू अब स्वतन्त्र हैसियतमा जेनजी पुस्तासँग रहने बताए।यता, एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको लिखित राजीनामा प्राप्त नभएको भन्दै प्रतिक्रिया दिएका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 477 पटक पढिएको
  • सरकारलाई महेश बस्नेतको चुनौती, मलाई समातेर देखाउनुस्

    काठमाडौं—  नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्।बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विधिको शासन र लोकतन्त्रको पक्षमा आफू जेल जान तयार रहेको बताउँदै आरोपको खण्डन गरे। “मलाई समातेर देखाउनुस्,” बस्नेतले भने, “विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्। तर, झूटो आरोप सहन सकिँदैन।”उनले हालको ‘जेन जेड सरकार’ लाई लक्षित गर्दै आगजनी, लुटपाट र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे।बस्नेतले यस्तो अभिव्यक्ति एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बय

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 432 पटक पढिएको
  • महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 160 पटक पढिएको
  • रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता  झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।  

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 143 पटक पढिएको
  • ओली र अन्य चार जना 'ब्ल्याकलिस्ट' मा, कारण यस्तो

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राह

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 489 पटक पढिएको
  • आज रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।ती यसप्रकार छन:१. विस्तारित बैठकको एजेण्डा तथा व्यवस्थाबारे ।२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।३. सद्भाव यात्राको कार्यसूचीबारे।४. विविध।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 464 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा