काठमाडौं— जनमत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने लगायत विभिन्न माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई थप अधिकार दिन, जनसंख्याको आधारमा बजेट विनियोजन गर्न, रोजगारी सिर्जना गर्न तथा मधेस र सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउतले सरकारलाई आफ्नै प्रतिबद्धता सम्झाउन सांकेतिक प्रदर्शन गरिएको बताए। माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत पार्टीले दिएको छ।