काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो बसेको बैठक प्रारम्भ भएपछि केही समयमै अवरोध सिर्जना भएपछि सभामुखले बैठक स्थगित गरेका थिए । संसद् सचिवालयका अनुसार प्रारम्भमा १५ मिनेटका लागि रोकिएको बैठक पछि सूचना प्रकाशित गर्दै भोलि (मंगलबार) सम्मका लागि सारिएको हो।
पछिल्ला केही दिनयता प्रधानमन्त्री बालेन शाह ले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
विपक्षीको विरोध जारी रहेपछि सोमबारको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो। अब संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच थप छलफल हुने स्रोतले बताएको छ ।




































