प्रविधि

    Showing २१-३० of ४७१ items.
  • प्राविधिक खराबीपछि विद्युत् प्रणाली पुनःसञ्चालन, आपूर्ति सामान्य

    काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले शिवपुर सबस्टेशनमा आएको प्राविधिक समस्यापछि प्रभावित विद्युत् प्रणाली पूर्ण रूपमा पुनःसञ्चालनमा आएको जनाएको छ। शनिबार राति भएको प्राविधिक अवरोधका कारण केही समय पश्चिम तथा मध्य क्षेत्रको विद्युत् आपूर्तिमा असर परेको थियो।प्राधिकरणका अनुसार मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत जम्पर कन्डक्टर चुडिएपछि विद्युत् प्रणालीमा समस्या देखिएको थियो। उक्त घटनाले प्रसारण लाइनमा अतिरिक्त भार सिर्जना हुँदा केही प्रसारण सर्किट स्वतः बन्द भएका थिए, जसका कारण विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको थियो।घटनालगत्तै प्राधिकरणले प्राविधिक टोली परिचालन गरी क

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १७९ पटक पढिएको
  • डिजिटल युगमा हुलाकको करोडौँ कमाइ : चितवनमा १ करोड ९ लाख राजस्व

    चितवन । चिठीपत्रको प्रयोग घट्दै गए पनि हुलाक कार्यालयको काम र आम्दानी भने सुस्ताएको छैन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न सेवा शुल्कबाट १ करोड ९ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार हुलाक टिकट बिक्रीबाट मात्रै ५८ लाख ७२ हजार रुपैयाँ उठेको छ भने काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायतका सेवाबाट थप ५० लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार गत आवमा विनियोजित ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ बजेटमध्ये ५ करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ । यसअनुसार कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । से

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १७३ पटक पढिएको
  • एक महिना देखी डोल्पाका दुई वडा ‘सञ्चारविहीन’

    डोल्पा । देशमा डिजिटल सेवा र फोरजी विस्तारको चर्चा चलिरहेका बेला हिमाली जिल्ला डोल्पाका दुई वडा भने एक महिनादेखि सामान्य मोबाइल फोन सेवासमेत नपाएर सञ्चारविहीन बनेका छन्।त्रिपुरासुन्दरी नगरपालिकाका वडा नम्बर ५ र ६ मा नेपाल टेलिकमको टावर बन्द भएपछि करिब तीन सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। गाउँमा फोन नलागेपछि स्थानीय सामान्य कुराकानी गर्नसमेत अग्ला डाँडाकाँडा चढ्नुपर्ने अवस्थामा पुगेका छन्।आपत् पर्दा कसलाई खबर गर्ने ?सञ्चार सेवा बन्द हुँदा सबैभन्दा ठूलो समस्या आपत्कालीन अवस्थामा परेको स्थानीयको गुनासो छ। कुनै घटना, दुर्घटना वा बिरामी परे तत्काल प्रहरी, स्वास्थ्य संस्था वा प्रशासनसँग सम्पर्

    • प्रकाशित मितिः साउन २४, २०८३
    • ९४ पटक पढिएको
  • मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

    मुगु / मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि बेलीब्रिज निर्माण हुने भएको छ । सोरु गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा तत्कालका लागि बेलीब्रिज निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । लामो समयदेखि निर्माण अलपत्र रहेको दोमुख मोटरेबल पुलको विकल्पका रूपमा बेलीब्रिज जडान गर्न लागिएको हो । सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज निर्माणका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग चाकुपाट, ललितपुरमा प्रस्ताव पेश गरिएको थियो ।सोही पहलपछि हुम्लाको खार्पुनाथ गाउँपालिका क्षेत्रम

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २६१ पटक पढिएको
  • मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

    काठमाडौं / नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा.लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो । यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । फिरिरी सुपर एपभित्र राइड–सेयरिङ, फूड डेलिभरी, ग्रोसरी तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स जस्ता आधारभूत सेवाहरू समावेश छन् ।यसका साथै होटल तथा ट्राभल बुकिङ, डिजिटल भुक्तानी, रियल स्टेट सेवा, र घरायसी

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २४४ पटक पढिएको
  • अन्तरिक्षमा आज दुर्लभ घटना, स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किँदै

    काठमाडौं। आज अन्तरिक्षमा एउटा दुर्लभ र ऐतिहासिक घटना हुँदैछ। अमेरिकी कम्पनी स्पेसएक्सको करिब ४ टन तौल भएको रकेटको दोस्रो चरण नेपाली समयअनुसार दिउँसो १२ बजेर २० मिनेटमा चन्द्रमाको सतहमा ठोक्किँदैछ।यो रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागस्थित आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटरको गतिमा पुग्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार ठक्करबाट करिब तीन टन टीएनटी विस्फोट बराबर ऊर्जा निस्किनेछ, जसले चन्द्रमामा झण्डै २७ मिटर चौडा र ५ मिटर गहिरो नयाँ खाडल बनाउनेछ।यो रकेट सन् २०२५ मा फायरफ्लाइ एयरोस्पेसको ब्लु घोस्ट र जापानी कम्पनी आइस्पेसको चन्द्र अभियान प्रक्षेपणका क्रममा प्

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ३६१ पटक पढिएको
  • भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    काठमाडौं / चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन् ।भरतपुरमा सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रण

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २९२ पटक पढिएको
  • २७ लाख स्मार्ट लाइसेन्स वितरण सुरु

    काठमाडौं। विगत चार वर्षदेखि छापिन बाँकी रहेका स्मार्ट चालक अनुमतिपत्र लाइसेन्स अन्ततः छापेर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइएको छ। यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा २७ लाख ४७ हजारभन्दा बढी स्मार्ट लाइसेन्स छापी हुलाकमार्फत देशभरका कार्यालयमा वितरण सुरु गरेको जनाएको छ।विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी सबै कार्ड साउन ७ गतेभित्र तयार गरी सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।विदेश रोजगारी वा अन्य अत्यावश्यक कारणले तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीका लागि वि

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १९० पटक पढिएको
  • आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

    काठमाडौं / अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस्तो जनाकारी दिएका हुन् ।नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि अर्को वर्षदेखि यो ब्रान्ड अझ बलियो रूपमा प्रस्तुत हुने बताएका हुन् । गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।विगतमा नेपालमा बिक्री हुने फोर्डका गाडीमध्ये ९५ प्रत

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १९३ पटक पढिएको
  • चीन–इरानको मिसाइल समीकरणले विश्वलाई फेरि युद्धको चिन्ता

    काठमाडौं। चीन–इरान सैन्य सहकार्यको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ। अमेरिका–इजरायलसँगको युद्धपछि कमजोर बनेको हवाई प्रतिरक्षा प्रणाली पुनः बलियो बनाउन इरानले चीनसँग ३०० देखि ४०० वटा म्यानप्याड्स हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।रोयटर्सका अनुसार सम्झौतामा क्यूडब्ल्यू–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश छन्, जसले कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र ड्रोनलाई लक्ष्य बनाउन सक्छन्। पहिलो खेप केही साताभित्र चीनबाट पठाइने तयारी रहेको दाबी गरिएको छ, यद्यपि ढुवानीको मार्ग भने अझै सार्वजनिक गरिएको छैन।यता चीनले भने इरानलाई हतियार बिक्री ग

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १२२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.