फोटोफिचर

    Showing 21-30 of 67 items.
  • कोटेश्वरमा दुर्गा प्रसाईं समूहको प्रदर्शन

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा छन् । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 1,085 पटक पढिएको
  • एमालेको प्रदर्शनका तस्बिर

    सत्तारुढ नेकपा एमालेको प्रदर्शनले काठमाडौंको दरबारमार्ग क्षेत्र अस्तव्यस्त भएको छ । ट्राफिक ड्राइभर्सन गरिएपनि निर्धारित समयभन्दा ढिलो कार्यक्रम सुरु भएको छ । हेर्नुहोस् सभाका तस्बिर :

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 629 पटक पढिएको
  • पूर्वसभामुख दमननाथ ढुंगानाको बिदाइका ६ तस्बिर

    पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए।त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । नेपाल सरकारले आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 455 पटक पढिएको
  • बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो

    काठमाडौं-  बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ ।आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण, इचङ्गुनारायणमा विशेष मेला लागेको छ ।ती चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका द

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 482 पटक पढिएको
  • विराटनगर विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न को को पुगे ?

    विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि बताए । प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवम् पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवम् कार्य

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 530 पटक पढिएको
  • हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित (फोटोफिचर)

    काठमाडौं–हङकङमा जारी २०औं हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । कप्तान सन्दीप जोराको आक्रामक ब्याटिङ र प्रतिश जिसीको उत्कृष्ट बलिङको संयोजनले नेपाललाई यो जित दिलाएको हो ।नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो। नेपालका प्रतिश जिसीले २४ रन खर्चेर ३ विकेट लिए, जसले अस्ट्रेलियालाई दवाबमा राख्यो। अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ५५ रन बनाएर खेललाई रोचक बनाए पनि अस्ट्रेलिया जित हासिल गर्न असफल रह्यो।यसअघि, नेपालले टस हारेर ब्याटिङ गर्दै ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएक

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 705 पटक पढिएको
  • प्रहरी अधिकारीहरूको पदोन्नति र दर्ज्यानी चिन्ह सुशोभन (फोटोफिचर)

    काठमाडौं–नेपाल सरकारले मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिएका साथै राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगद

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 517 पटक पढिएको
  • नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा

    काठमाडौं– नेपालले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । अब नेपालले सेमिफाइनलमा आइतबार समूह ‘ए’को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । रेखा पौडेलले दुई गोल, सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक/एक गोल गरेका थिए । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले थप दुई गोल गर्दै खेल ६–० मा टुंग्याए । आइतबार नै बङ्गलादेश र भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 562 पटक पढिएको
  • अमर प्रहरी श्रद्धाञ्जली समारोह {तस्बिर}

    नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको छ । प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रम तस्बिरमा हेर्नुहोस् ।         तस्बिर: नेपाल प्रहरी

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 792 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरले भव्य स्वागतलाई दर्शाएको छ । राप्रपका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजाको भुटानमा भव्य स्वागत भएको उल्लेख गरेका छन् ।  त्यस्तै पत्रकार जीवराम भण्डारीले पनि पूर्वराजाको भुटानमा भएको स्वागतको खुलेरै प्रसंसा गरेका छन् ।   द रोयल फेमेली नेपालले फेसबुक पेजमा पूर्वराजाको भ्रमणका तस्बिर राखेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 723 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.