काठमाडौं- बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ ।
आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण, इचङ्गुनारायणमा विशेष मेला लागेको छ ।
ती चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।