पत्रपत्रिका

    Showing ७६१-७७० of १,२६७ items.
  • प्रतिनिधिसभा विघटन कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सर्वोच्च अदालतले पुनस्र्थापना गरेको करिब तीन महिनामै प्रतिनिधि सभा पुनः विघटन गरिएको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन सदर गर्नुभएको हो ।विघटनसँगै दुई चरणमा निर्वाचनको मितिसमेत प्रस्ताव गरिएको छ । आउँदो २०७८ कात्तिक २६ मा पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा निर्वाचन घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रतिनिधि सभाले अपेक्षित काम गर्न नसकेको, सरकारले अघि सारेका बिजनेस अघि नबढाएको बताउँदै आउनुभएको थियो । पछिल्लो समय नयाँ सरकार गठन वा गठित सरकारले विश्वासको मतसमेत पाउ

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १७७ पटक पढिएको
  • ‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

    बिर्तामोड / गोरखापत्र दैनिकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना ९कोभिड–१९० विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पार्नुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६९५० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निक

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १७४ पटक पढिएको
  • राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौं : गगन थापा

    काठमाडौं(राजधानी दैनिकबाट) नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका हुन् । नेता थापाले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री)ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो ।

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १८० पटक पढिएको
  • साढे १४ लाखलाई खोपको दोस्रो मात्रा कहिले ?

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) विजयकुमार बमले बिहीबार ट्वीट गरेका छन्, ‘यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको भत्ता बढाउनुको सट्टा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिनको तु व्यवस्था गर सरकार, यसमा नै सबैको भलाइ छ । प्राणै नरहे त्यो जाबो पैसा के काम ।’उनले जस्तै खोपको चासो हिमा विष्टले पनि गरेकी छन् । ‘सरकार, हाम्रा बा–आमालाई दोस्रो डोज खोप खै ? मेरो पहिलो त कता हो कता तर घरै बस्दा पनि नियम पालना गरेका घरका ठूलाको हालत देख्दा डर र त्रास कहिलेसम्म ?’ विष्टले ट्वीटरमा लेखेकी छन् ।सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलाय

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १६८ पटक पढिएको
  • ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् ।संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरिएको हो ।राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६(३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलक

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • २२५ पटक पढिएको
  • बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा

    पेरिस(गोर्खापत्र दैनिकबाट) स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्का महिनाबाट सुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमालाई ६ वर्षपछि टोलीमा समावेश गरेको हो ।२०१५ मा आफ्नै सहकर्मीमाथि ए बल्बुएनको यौन भिडियो बनाएर ‘ब्लयाकमेल’ गरेको आरोप लागेपछि उनलाई टोलीबाट निष्कासन गरिएको थियो । त्यसपछि उनी २०१५ अक्टोबरयता फ्रान्सको टोली बाहिर रहेका थिए । उनले आफूमाथि लागेको आरोप झुटो रहेको बताउँदै आएका थिए । यो अवधिमा बेन्जेमाले घरमै आयोजना भएको युरोकप २०१६

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १६३ पटक पढिएको
  • बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

    काठमाडौं(राजधानी दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै अधिवेशन बोलाउने तयारी भए पनि मिति भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयल

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १७३ पटक पढिएको
  • रेम्डिसिभिर अब नेपालमै

    काठमाडौँ(गोर्खापत्र दैनिकबाट) कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १७५ पटक पढिएको
  • स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड

    काठमाडौँ(गोर्खापत्र दैनिकबा) सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन तथा मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको छ ।सो मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, “साबिक स्थानीय निकायका कर्मचारीलाई पनि एक तह वृद्धि गर्ने गरी नयाँ मापदण्ड ल्याउन लागिएको हो ।” यो नयाँ नीतिले पुरानो स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीमा थप उत्साह र जिम्मेवारी बढेर सेवा प्रवाह प्रभावकारी हुन

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • १९६ पटक पढिएको
  • राष्ट्रिय टिममा आमूल परिवर्तन

    काठमाडौँ(कान्तिपुर दैनिकबाट) विश्वकप छनोट र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि घोषित २३ सदस्यीय नेपाली राष्ट्रिय टिममा ६ नयाँ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चैतमा थ्री नेसन्स कप विजेता टिमका १३ खेलाडी हटाउँदै मंगलबार राष्ट्रिय टिम घोषणा गरेका हुन् ।थ्री नेसन्स कप जितेलगत्तै एन्फाले कुवेती नागरिक अब्दुल्लाहलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले नेपाल सुपर लिग ९एनएसएल० अघि ३२ खेलाडीको प्रारम्भिक सूची निकालेका थिए । त्यसमा आठ खेलाडी परिवर्तन गर्दै उनले बन्द प्रशिक्षणको लागि आइतबार फेरि ३२ खेलाडी छनोट गरेका थिए, जहाँ एनएसएल च्याम्पियन काठम

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • १५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.