बिर्तामोड / गोरखापत्र दैनिकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना ९कोभिड–१९० विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६९५० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराउनुभयो ।

OM Sai Pathibhara Hospital

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभयो । उहाँले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताउनुभयो ।

प्रधानमन्त्रीले राजीनामा नगरी संविधानको धारा ७६९२० को सरकार गठनको प्रक्रिया अगाडि बढेको विगत स्मरण गर्दै उहाँले नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संविधानमा कहीँ नभनेको स्पष्ट गर्नुभयो । राष्ट्रपतिले दिनुभएको समयभित्र आफूले पनि प्रधानमन्त्रीका लागि दाबी गर्ने प्रयासमा रहेको बताउनुहुँदै उहाँले सबै दललाई समर्थन गर्न आग्रह पनि गर्नुभयो ।

अहिले पनि आफ्नो दलसँग १२१ को मत कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले भरपर्दो आधार दिन सके फेरि पनि सरकार बनाउने र एक महिनाभित्र विश्वासको मत लिने बत९ाउनुभयो । “मलाई समर्थन दिनुस् नभए संसद् विघटन भयो भनेर कराउन पाइँदैन, परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ भने त्यसलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुभएपछि विभिन्न टीकाटिप्पणी भइरहेकोप्रति लक्षित गर्दैै प्रधानमन्त्रीले भन्नुभयो, “वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिँदा कहाँ भयो षडयन्त्र रु संविधानको धारा ७६९२०, ९३० हुँदै ९५० मा जाने अवस्था प्रतिपक्षले पु¥याएको हो । ”

निर्वाचनमा जाँदा आकाश खस्दैन र यो संवैधानिक व्यवस्था हो भन्नुहुँदै उहाँले प्रतिनिधि सभा विघटन नगर्नका लागि पनि आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ, राष्ट्र एकजुट भएर कोभिडविरुद्ध लडौँ । ”

मन्त्रिपरिषद्ले निर्णय गरी आफूले गरेको सिफारिसमा संविधानको धारा ७६ उपधारा ५ अनुसार अर्को सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसको जवाफदेही आफू रहेको बताउनुभयो । गणतान्त्रिक मुलुकमा राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्नुहुँदै विभिन्न टीकाटिप्पणी गरेर राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भइरहेकोमा प्रधानमन्त्रीको असन्तुष्टि थियो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको विरोध गर्ने, अपमान गर्ने काम गणतन्त्रविरुद्धको खेल हो । ”

कोभिड–१९ जस्तो महामारीमा एकजुट भएर सामना गर्नुपर्ने अवस्थामा सरकारलाई अन्य काममा अल्झाइराख्ने काम उचित नभएको प्रधानमन्त्रीको भनाइ छ । आजै आफूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर ‘तपाईंहरू सरकार बनाउनुस्, हामी प्रतिपक्षमा बसेर सहयोगी भूमिका निर्वाह गर्छौं’ भनेको जानकारी गराउनुहुँदै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिलाई विभाजित गर्नतिर नलाग्न आफूले आग्रह गरेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षले प्रणालीमै घात पार्ने काम गरेको बताउनुभयो । संसदीय व्यवस्थामा ‘फ्लोर क्रस’ गर्नु अनैतिक र अपराधपूर्ण काम भएको उहाँले बताउनुभयो ।

पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने काम भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेता नेपाल पक्षले अत्यन्त अनैतिक काम गरेको टिप्पणी गर्नुभयो । पार्टीका सांसदलाई अनुपस्थित गराएर सरकार ढाल्ने काम भएको भन्नुहुँदै उहाँले त्यसलाई अनुशासनहीनताको संज्ञा दिनुभयो । अनुशासनहीनताले पार्टी चल्न नसक्ने भन्नुहुँदै उहाँले अब त्यस्तो अवस्था नरहने प्रष्ट पार्नुभयो ।

पार्टीको आन्तरिक अनुशासनहीनता र अराजकतालाई पार्टीले समाधान गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । जनताले सर्वाधिक विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले संविधानको रक्षा र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी आफूहरूमाथि रहेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई कुनै हिसाबले तलमाथि हुन नदिइने उहाँले जिकिर गर्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दलहरूको अवस्थामा ताìिवक फरक नआएको र विश्वासको मत प्राप्त हुने आधार नदेखिएकाले प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुभएको जानकारी दिनुभएको थियो ।