काठमाडौं(राजधानी दैनिकबाट) नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका हुन् । 

नेता थापाले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।

OM Sai Pathibhara Hospital

सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री)ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप (राष्ट्रपति)लाई बिदा गरौं ।


gagan-300x103