मनोरञ्जन

    Showing 2,481-2,490 of 2,830 items.
  • द भ्वाइस अफ नेपाल ४ को लाइभ शो आजदेखि

    काठमाडौं / चर्चित गायन रियालिटी शो  द भ्वाइस अफ नेपाल सिजन ४ मा आज (शुक्रबार) देखि लाइभ शो सुरु हुँदैछ । यो चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ । लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष महर र आशिष रायमाझीले प्रतिस्पर्धा गर्नेछन् ।कोच राजु लामाको समूहबाट रिहान गिरी, रिवश गुरुङ र करणबीच प्रतिस्पर्धा हुनेछ । कोच राजेशपायल राईको समूहबाट सविना, भुपेन्द्र र पदमले प्रतिस्पर्धा गर्नेछन

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 194 पटक पढिएको
  • केकी अधिकारीले मागिन गगन थापालाई भोट

    काठमाडौं / अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर -१० का उम्मेदवार तथा नेपाली कंग्रेसका गगन थापालाई भोट माग्दै जितको शुभकामना दिएकी छन् । गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसद्‌मा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् । राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसद्‌मा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।  

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 125 पटक पढिएको
  • एमालेकी करिश्माले राप्रपाकी रेखालाई ‘योद्धा’ भन्दै मागिन् भोट

    काठमाडौं / मोरङ -३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् । करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 136 पटक पढिएको
  • भारतीय अभिनेत्री सबाना आजमी नेपाल आँउदै

    एजेन्सी / भारतीय अभिनेत्री सबाना आजमी नेपाल आउने भएकी छिन् । आगामी मंसिर ९ गते काठमाडौँमा सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुने उनी नेपाल आउने भएकी हुन् । मण्डला थिएटरको निणन्त्रणमा नेपाल आउन लागेकी उनले मंसिर १० गते बिहान साढे ७ बजे महोत्सवमा ‘मास्टर क्लास’ लिनेछिन् । ७२ वर्षीया आजमीले पाँच वटा नेशनल फिल्म अवार्ड, ५ वटा फिल्मफेयर अवार्ड जितेकी छन् । चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 142 पटक पढिएको
  • लिङ्देनलाई मत माग्न मनिषा कोइराला झापा आउँदै

    बिर्तामोड / चर्चित अभिनेत्री मनिषा कोइराला झापा आउने भएकी छिन् । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं –३ का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी हुन्।नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री कोइरालाले राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत चुनावी आमसभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।यतिबेला कोइराला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारे

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 143 पटक पढिएको
  • आरआरआरका निर्देशक राजामौली आरआरआर २ पनि ल्याउने

    एजेन्सी / निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो शृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् । नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको कीर्तिमान पनि यसले रचेको छ ।बाहुबली’का समेत निर्देशक राजामौलीको ‘आरआरआर’ले दुई तेलगु स्वतन्त्रता सेनानीहरु अल्लुरी सीताराम राजु (रामचरण) र कोमाराम भीम (जुनियर एनटीआर)को जीवनमा आधारित काल्पनिक कथा प्रस्तुत गर्छ । फिल्मले विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको छ ।&nb

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 148 पटक पढिएको
  • र्‍यापर हप्याकको मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ, आज अदालतमा लगिदैँ

    काठमाडौँ / र्‍याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने कावासेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिए । झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झ

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 141 पटक पढिएको
  • ट्विटर अकाउन्ट भेरिफाइड गर्न शुल्क तिर्नुपर्ने नियम खारेज

    एजेन्सी / ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्काल लागू नहुने भएको छ । १ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा सुरु भएको थियो । तर, यी देशहरूबाट कयौं फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरूले प्राप्त गर्दथे । तर, मस्कले

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 118 पटक पढिएको
  • नेपथ्य ब्याण्डको नयाँ गीत सार्वजनिक

    काठमाडौं / नेपाली लोकरक ब्याण्ड नेपथ्यको  ‘भट्भटे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बेग्लै स्वाद र संवादमा नयाँ गीत ल्याएको हो । तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरूमाझ एघारौं एल्बमको कोसेलीको रुपमा यो गीत ल्याएको हो । छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको ब्याण्डले तिहारअघि सार्वजनिक गीत ‘नैनताल’ यो एल्बमको अन्तिम गीत बताएको थियो । एघारौं एल्बमको पहिलो गीत ‘भटभटे’ गीत ६ बर्ष अगाडि नै रेकर्ड भएको हो ।गीतले राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सही दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो औंल्याएको

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 127 पटक पढिएको
  • उच्च अदालत पुगे पल शाह

    काठमाडौं / अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरमा पुनरावेदन दिएका छन् ।नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालतले पललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाए पछि उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् ।जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।०७८ गत १

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.