झापा  ।   सलमान खान र पूजा हेगडे स्टारर फिल्म ‘किसी का भाई किसकी जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । फिल्मलाई लिएर फ्यानहरुको मनमा धेरै प्रश्नहरु उठिरहेका छन् । जस्तै भाइजानको फिल्म ‘किसी का भाई किसिका जानले शाहरुख खान र दीपिका पादुकोणको ब्लकबस्टर फिल्म पठानको रेकर्ड तोड्न सक्छ । सल्मु मियाँ अभिनित फिल्म ‘किसी का भाइ किसि का जान’ अप्रिल २१ मा रिलिज हुँदैछ ।

शाहरुख र सलमानको आफ्नै फ्यान फलोइङ छ । यस्तो अवस्थामा दुवै स्टार आज बलिउडका मेगास्टार बनेका छन् । दुबैको फिल्मलाई लिएर फ्यानमा क्रेज छ ।  रिलिज हुन लागेको सलमान खान पूजा हेगडे अभिनित फिल्म को बारेमा अहिले सबैले अनुमान लगाएका छन्, यो फिल्मले सन् २०२३ को अहिलेसम्मको ब्लकबस्टर रेकर्ड तोड्न सक्छ कि सक्दैन ?

OM Sai Pathibhara Hospital

भाइजान र उनको फिल्मको टिमको स्टारकास्टको चर्चा जताततै हेडलाइनमा छ । सलमान खानले ईदमा फिल्म ल्याउँदा फ्यानबाट धेरै माया पाउँछन् । तर, केही समययता भाइजानले बक्स अफिसमा कुनै एकल र दमदार फिल्म ल्याउन सकेको छैन । यस्तो अवस्थामा यस पटक फ्यानले ‘किसी का भाइ किसीकी जान’ मा भाइजानका सबै शेडहरू हेर्न पाउनेछन् ।

फिल्ममा पारिवारिक नाटक, थ्रिलर, रोमान्स, परम्परा, भावनात्मक र जबरदस्त एक्सन देख्न पाइनेछ । फिल्मबाट फ्यानहरुले ठूलो आशा राखेका छन् ।आलोचकहरूका अनुसार सलमान खानले किसी का भाइ किसकी जानको बारेमा भनेका छन्, -फिल्मबाट राम्रो नम्बर आउनेछ। फिल्मले पहिलो दिन १५ देखि २० करोड कमाउन सक्छ । यसपछि फिल्मले २५–३० करोड कमाउन सक्छ । फिल्म करिब चार हजार स्क्रिनमा रिलिज हुँदैछ ।