काठमाडौँ  ।   चैत २४ गते रिलिज मिति तोकिएको 'प्रसाद-२' लाई प्रदर्शनको बाटो खुलेको छ । लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगी चलचित्रको प्रदर्शन रोकिएको थियो । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि उच्च अदालत पाटनले गत चैत २० गते अन्तरिम आदेश दिएको थियो ।Screenshot_2023-04-10-19-03-37-89_a23b203fd3aafc6dcb84e438dda678b6

उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले सोमबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछी प्रसाद२ को प्रदर्शन हुनेभएको छ।