काठमाण्डौ । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । प्रतिष्प्रर्धी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो ।

OM Sai Pathibhara Hospital

यसले गर्दा पनि रेजिनाको केही मत घटेको बताइएको छ । ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।

उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।

महासचिव पदमा सविन श्रेष्ठले विजयी हुँदा सचिवमा रामेश्वर बुर्लाकोटी विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै, १० जना सदस्यहरूमा सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् ।

अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।