काठमाडौं    ।   समयले जुरायो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई प्रतीकको शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन ।

शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन ।

OM Sai Pathibhara Hospital

नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन ।

एक मात्र अनुशासित अवार्ड विजेता नायक भट्टराईले देश तथा विदेशका प्रतिष्ठित अवार्डहरु हात पारिसकेका छन ।

नेपालका चर्चित गायक गायिकाहरुको सयौं लोकप्रिय गीतको भिडियो तथा चलचित्रमा अभिनय क्षमता प्रस्तुुत गरिसकेका भट्टराईका केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।