मनोरञ्जन

    Showing 2,351-2,360 of 2,829 items.
  • कमेडी किरो राष्ट्रको हिरोको लोगो र प्रोमो सार्वजनिक

    काठमाडौँ। हाँस्यव्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। राजधानीमा बिहीबार जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम प्रतिष्पर्धा भने होइन । कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 428 पटक पढिएको
  • नमेटिने घाउ ट्रेलरमा एसिड पीडितकाे पीडा

    काठमाडौं । अभिनेता रमित ढुङ्गानाको निर्माण तथा  निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।  ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र  सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छ

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 586 पटक पढिएको
  • सरोज खनाल भन्छन्– पञ्चायत बिग्रिएकोमा सधैं चित्त दुख्छ

    काठमाडौं । अभिनेता सरोज खनाल भोलिबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मा मुखिया चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।‘नम्बरी सुन’मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् ।‘नम्बरी सुन’मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुर

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 458 पटक पढिएको
  • सामन्थासँगको ब्रेकअपपछि शोभितासँग विवाह गर्दै नागा

    मुम्बई(एजेन्सी) । साउथ अभिनेता नागा चैतन्य र मोडल शोभित धुलिपाला आफ्नो व्यावसायिक जीवनभन्दा बढी निजी जीवनका कारण चर्चामा छन् । यो जोडी निकै लामो समयदेखि डेटमा छन् । तर दुवैले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरिसकेका छैनन् ।यो जोडी हालसम्म लुकीछिपी यात्रामा निस्कन्छन् र अहिलेसम्म सँगै बसेको कुनै पनि तस्वीर बाहिर ल्याएका छैनन् । अब यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई पूर्णता दिँदै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले आज इन्गेजमेन्ट गर्दैछन् । इन्गेजमेन्टसँगै उनीहरुको विवाहको मिति फाइनल हुने बताइएको छ ।सामन्था रुथ प्रभु र नागा चैतन्य तीन वर्ष अघि अलगिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा शोभितासँग

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 492 पटक पढिएको
  • रियलमी मिष्टर नेपाल २०२४मा ३८ प्रतियोगी

    काठमाडौंँ । रियलमी ‘मिष्टर नेपाल २०२४’का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिसनमा हजारौ सहभागीबाट  ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी ( नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य ( हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक बिक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर)

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 436 पटक पढिएको
  • केकी र उपासनाको प्रवेशसँगै घर नम्बर २को लाइनअप पुरा

    काठमाडौं । साउन २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ ।  यो फिल्मको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । अब, फिल्मका लागि मुख्य दुई नायिका पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ ।यो फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ ।केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर के डेराः घर नम्बर २’मा काम गर्न लाग

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 739 पटक पढिएको
  • ब्ल्याक प्यान्थर अभिनेत्री कोनीको निधन

    लण्डन(एजेन्सी) । दक्षिण अफ्रिकाकी प्रख्यात अभिनेत्री कोनी चिउमेको ७२ वर्षको उमेरमा निधन भएको छ । उनले मार्बलको प्रख्यात फिल्म ‘ब्ल्याक प्यान्थर’मा अभिनय गरेकी थिइन् ।धेरै अवार्ड जितेकी उनले दक्षिण अफ्रिकन टेलिभिजन शो ‘रिदम सिटी’, ‘जोन १४’ र पछिल्लो ‘गोमोरा’मा अभिनय गरेकी थिइन् ।परिवारका अनुसार उनको निधन जोहान्सबर्ग अस्पतालमा मंगलबार दिउँसो भएको थियो । ‘अन्तर्राष्ट्रिय स्टरमा चर्चित अवार्ड विजेता अभिनेत्री कोनी चिउमेको निधन भएकोमा चिउमे परिवार दुःख व्यक्त गर्दछ’, परिवारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।उनका छोरा ननगेलो चिउमेले सञ्चारमाध्यमसँग नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमा भर्ना

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 442 पटक पढिएको
  • बंगलादेश हिंसामा फिल्म निर्माता र छोराको हत्या

    ढाका(एजेन्सी) । बंगलादेशमा भएको हिंसामा बंगलादेशका फिल्म निर्माता सलीम खान र उनका छोरा शान्तो खानको हत्या भएको छ । सलीम एक निर्मातासँगै बंगलादेशको चान्दपुर उपजिल्लामा लक्ष्मीपुर मोडल युनियन परिषदका अध्यक्ष पनि थिए ।समाचारअनुसार गत सोमबार सलीम र शान्तो आफ्नो घरबाट भाग्ने कोशिस गरिरहेका थिए । त्यही बेला बलिया युनियनका फरक्काबाद बजारमा आक्रोशित भीड उनीहरुको अगाडि आइपुगेका थिए । उनीहरुले आफूलाई बचाउन पेस्तोलको प्रयोग गरे पनि अर्को स्थानमा अर्को भीडमा उनीहरु परे । त्यही भीडले उनीहरुलाई कुटेर हत्या गरिएको थियो ।सलीम भारतको बंगाली फिल्म उद्योग टलिउडसँग जोडिएका थिए । उनले टलिउडमा ठूलो फिल्म स्टारमध्ये

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 580 पटक पढिएको
  • आशा र मुस्कानको जस्ट लभ घोषणा

    काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन ब्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् ।मंगलबार निर्देशकमा मुनाल शिशिर कोईरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोईरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मेघा सिरिजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा कथ,

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 535 पटक पढिएको
  • नमेटिने घाउ पोस्टरमा माधवकुमार नेपाल

    काठमाडौं । सत्य घटनामा आधारित फिल्म  ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत फिल्मका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’को यस अघिको प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो ।अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।फिल्

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.