काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । टिजरमा विराज र यसै फिल्मबाट नायकका रुपमा डेब्यू गरेका उनका छोरा समिरको एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । फिल्म आगामी असोज २४ गते फूलपातीको दिन रिलिज हुनेछ ।

टिजरमा फिल्मका खलनायकद्वय मुरलीधर र कनिज कोइराला, नायिका न्यान्सी खड्का र सनिशा भट्टराईलगायतका कलाकारलाई पनि संक्षिप्त स्थान दिइएको छ । फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । फिल्ममा नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको पनि अभिनय छ ।

OM Sai Pathibhara Hospital

विराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

फिल्ममा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व, महेश पौडेलको छायांकन छ । काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्म काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।