काठमाडौं । आगामी भदौ ७ गतेबाट रिलिज हुने फिल्म ‘सतीदेवी’को रोमान्टिक गीत ‘माया बसेको रैछ’ सार्वजनिक भएको छ । गतिमा नायिका मलिका महत र नवनायक सन्दीपबाबु लोहनी फिचर्ड छन् । गीतमा लक्ष्मण सुवेदीको शब्द, दीपक शर्माको संगीत तथा प्रताप दास र दीपा लामाको गायन छ ।

गीतको भिडियोमा मलिका र सन्दीपलाई निकै रोमान्टिक भावमा देखाइएको छ । फिल्मले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने सोचाईमा प्रश्न उठाउँदै छोरी पनि आफ्नो कर्तव्य निभाउन कम छैनन् भन्ने सन्देश दिन्छ । फिल्ममा लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन छ ।

OM Sai Pathibhara Hospital

फिल्ममा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी लगायतको पनि अभिनय रहेको छ । बाबु श्रेष्ठको छायांकन तथा तारा थापा (किम्भे)को सम्पादन छ । फिल्मले केही फेस्टिभलमा अवार्ड पनि जितेको छ ।