काठमाडौं । ‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले ‘नबोल अरु सँग’ नामक तीज गीत सार्वजनिक गरेकी छन् । यसमा उनलाई लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन् । सुनिता दुलाल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ । 

नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीको संगीत छ । गायिका दुलालले आफ्नो गीत नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको बताइन् ।

OM Sai Pathibhara Hospital

दुलालका पियारी, यो रमाईलो तिजैमा, यसपाली नि खाने दर, चुरा टिका लाली, इच्छा पु¥याइदेउ, नाचौ सरर लगायतका तीज गीत चर्चित छन् ।