काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’मा समावेश गीत ‘बोल्ने कोही छैन’को लिरिकल भिडियो सार्वजनिक भएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा फिल्मका केही दृश्यहरु राखिएका छन् ।

निर्माण टिमले गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउन खोजेको छ । गायक शिशिर योगीको स्वर र संगीत, कवि अर्जुन पराजुलीको शब्द, बिबी अनुरागीको एरेन्ज गीतमा छ । 

OM Sai Pathibhara Hospital

फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतलगायतको अभिनय छ । डकुमेन्ट्रीमा देशभरका विभिन्न घटना र दृश्य देखाइएको छ ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गर्छ । यसअघि आधा दर्जन बढी सर्ट फिल्म र केही म्युजिक भिडियो निर्माण गरेका ज्ञवालीले त्रिभूवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर यो डकुमेन्ट्री सर्ट फिल्म तयार पारिएको हो ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्स प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन् । फिल्ममा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कँडेल कार्यकारी निर्माता छन् ।

निरज कँडेलको छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र भरत कँडेलको साउण्ड डिजाइन छ ।