खेलकुद

    Showing 921-930 of 1,313 items.
  • बराबरीमा रोकियो बार्सिलोना

    एजेन्सी / इएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा खेलमा बार्सिलोना र फ्रान्कफुर्ट १–१ गोलको बराबरीमा रोकिएका हुन् ।फ्रान्कफुर्टका लागि खेलको ४८औं मिनेटमा अन्सगर क्नुफले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने बार्सिलोनाका लागि खेलको ६६औं मिनेटमा फेरान टोरेजले गोल गर्दै बराबरी गरेका थिए ।यस खेलमा खेलको ७८ औं मिनेटमा फ्रान्कफुर्टका टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमाया सिमित भएको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 138 पटक पढिएको
  • बेलायतको क्रिकेट क्लबमा नेपाली प्रशिक्षकको नियुक्ति

    एजेन्सी / बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर-११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो ।डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेक

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 148 पटक पढिएको
  • कुम्मायक-कुस्सायक गोल्डकप चैत २८ देखी भारत सहित ८ टिम सहभागी

    पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकामा कुम्मायक-कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने आयोजक  सयपत्री क्लबले जनाएको छ ।  कुम्मायक-१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री क्लब र ब्रदर्श युनाइटेड क्लब झापा बिच भिड्ने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ ।हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यालयगत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैया

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 237 पटक पढिएको
  • प्रदेश १ : खेलकुद बोर्डको उपाध्यक्षमा पत्रकार कार्की नियुक्त

    विराटनगर / एक नम्बर प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरमा सकृय पत्रकार जीनाजंग कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कार्कीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।नेपाल टाईम्समा कार्यरत पत्रकार कार्की सत्तारुढ दल नेपाली कांग्रेसको कोटामा उपाध्यक्षमा नियुक्ति भएकी हुन् । त्यसैगरि बैठकले बोर्डको सदस्य सचिवमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका पूर्व भलिबल खेलाडी हंशराज वाग्लेलाई  नियुक्त गरेको छ । उनले राष्ट्रिय पुरुष बलिबल टोलीबाट मुलुकका लागि खेल खेलिसकेका छन् । सोमबारकै बैठकले बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई सरकारला

    • प्रकाशित मितिः चैत २२, २०७८
    • 153 पटक पढिएको
  • पीएनजीलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

    काठमाडौँ  / नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 130 पटक पढिएको
  • दिपेन्द्र बने १ हजार रन बनाउने पहिलो नेपाली

    काठमाडौँ / नेपालको इतिहासमा नै क्रिकेटर दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन ल्याउने पहिलो नेपाली बन्न सफल भएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाएका कारण उनले नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । दिपेन्द्रले जारी खेलमा पीएनजी विरुद्ध १३ औं ओभरमा २१ रन बनाउँदै हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका हुन् ।  उनी यसै क्रममा १ शतक र ४ अर्धशतकको रेकर्ड समेत सफल बनेका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 208 पटक पढिएको
  • राष्ट्रिय टिमका बलर कमलसिंह ऐरीको शल्यक्रिया

    काठमाडौँ /  बायाँ घाटी मुनिको हट्टीमा चोट लागेर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमलसिंह ऐरीको आइतबार बिहान शल्यक्रिया गरिएको छ । त्रिदेशीय शृङ्खला अन्तर्गत शनिबार मलेसियासँग भएको खेलमा घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा  शल्यक्रिया गरिएको हो ।उनको नेशनल अस्पतालका डा. निरज केसी र डा. निरञ्जन सुवेदीको टोलीले शल्यक्रिया गरेको छ भने उनलाई निको हुन ६ हप्ता लाग्ने  बताइएको छ  ।मध्यम गतिका बलर २१ वर्षीय ऐरीले दुई वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट तीन वटा एकदिवसीय र १० वटा टी–२० खेल खेलिसकेका छन

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 201 पटक पढिएको
  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै

    बिर्तामोड / त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ ।घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबारको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ ।तीन टोली सम्मिलित श्रृंखलमा दुई दुई खेलको समाप्तिसम्म नेपाल ४ अंकसहित शिर्ष स्थानमा रहँदा मलेसिया दुई अंकसहित दोस्रो तथा अंकबिहिन पपुवा न्युगिनी तेस्रो स्थानमा रहेको छ ।किर्तिपुर मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै ने

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 220 पटक पढिएको
  • पारस खड्कालाई पछि पार्दै दीपेन्द्रले बनाए सर्वाधिक रन

    बिर्तामोड / नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी २० क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० शृङ्खलामा मलेसिया विरुद्धको खेलमा २१ रन बनाएसँगै उनले नेपालका लागि टि २० खेलमा उनले कूल ८०३ रन पुर्याएका छन् । ८०३ रन बनाए सँगै सर्वाधिक रन बनाउने उनी नेपाली खेलाडी भएका हुन् ।  दीपेन्द्रले ३६ खेलबाट ३१ इनिङ्समा ब्याटिङ गर्दै ३ अर्धशतक मद्दतमा उपलब्धि हासिल गरेका हुन् ।नेपाली क्रिकेटमा आफ्नो नाममा रेकर्ड बनाउने क्रममा उनले आफ्ना पूर्व कप्तान पारस खड्कालाई समेत पछि पारेका छन् । पारसले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक मद्द

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 128 पटक पढिएको
  • त्रिकोणात्मक टी-२० : नेपालसँग मलेसिया पराजित

    काठमाडौं / त्रिकोणात्मक टी-२० शृङ्खलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी-२० मा डेब्यु गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए ।यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो । पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको मलेसियाको भने यो पहिलो हार हो ।

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 117 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा