खेलकुद

    Showing 921-930 of 1,599 items.
  • टी–२० विश्वकप : बंगलादेश १०६ रनमा अलआउट, सन्दीपको १०० विकेट, बन्यो कीर्तिमान

    काठमाण्डौ । बंगलादेश १०६ रनमा अलआउट भएको छ। बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो।बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए। त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए।त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए। बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए।सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छ

    • प्रकाशित मितिः असार ३, २०८१
    • 592 पटक पढिएको
  • टी-२० विश्वकप : नेपालले बंगलादेशसँग खेल्दै

    काठमाण्डौ  ।  नेपालले जारी आसीसी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल आज बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

    • प्रकाशित मितिः असार २, २०८१
    • 441 पटक पढिएको
  • टि-२० विश्वकप खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

    काठमाण्डौ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले इतिहास रच्नबाट चुक्दै स्तब्ध बनेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थिय

    • प्रकाशित मितिः असार १, २०८१
    • 757 पटक पढिएको
  • दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, रोकियो ११५ रनमा साउथ अफ्रिका

    काठमाण्डौ  ।  आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो।दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे। कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।नेपालका लागि कुशल भुर्तेलले पनि ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप लामिछ

    • प्रकाशित मितिः असार १, २०८१
    • 711 पटक पढिएको
  • आइसिसी टी-२० विश्वकप वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

    काठमाण्डौ। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शक मौसमले खेल रद्द हुँदा खिन्न बनेर फर्किन बाध्य बनेका छन्। केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए।

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 414 पटक पढिएको
  • आज टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल, अधिक बर्षाका कारण ढिला हुने

    काठमाण्डौ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । अमेरिकाको लाउडरहिलमा बिहान ५ः१५ देखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन सकेन । लगातार ठूलो वर्षा भएका कारण खेलमा अवरोध भएको हो । टससमेत पनि हुन सकेको छैन । तर अहिले वर्षा भने रोकिएको छ । केही बेरमै टस हुने बताइएको छ । यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । सुपर एटमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले कमजोर आँकिएको छ । आज नेपाललाई इतिहास रच्ने अ

    • प्रकाशित मितिः जेठ ३०, २०८१
    • 402 पटक पढिएको
  • नेदरल्याण्ड्ससँग ६ विकेटले नेपाल पराजित

    काठमाण्डौ  ।   आइसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ। नेदरल्याण्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको हो।नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्ले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ दाउदले अर्धसतकीय पारी खेले। उनले ४८ बलमा ५४ रन बनाए। यस्तै विक्रमजित सिंहले २२ रन बनाए। नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाष बोहराले समान १/१ विकेट लिए।यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०६ रन बनाएको थियो

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • 527 पटक पढिएको
  • साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

    काठमाण्डौ । साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ ।उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए।उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 383 पटक पढिएको
  • टी२० विश्वकपः नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा निशुल्क हेर्न पाइने

    काठमाण्डौ । आईसीसी टी२० क्रिकेट विश्वकपका खेलहरु काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।महानगरपालिका अनुसार आज साँझ सवा ९ बजेदेखि सुरु हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई प्रत्यक्ष रुपमा देखाइने छ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्ने छैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, म

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 336 पटक पढिएको
  • राष्ट्रपतिले दिए विश्वकप खेल्ने नेपाली क्रिकेट टिमलाई शुभकामना

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।राष्ट्रपतिले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथे मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबिच फहराउने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.