काठमाडौं— इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।
स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।
स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।
स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।
तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।
बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे ।
यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।
यामाल उत्कृष्ट युवा खेलाडी, रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी
युरोकप च्याम्पियन सीपमा स्पेनका लमिन यमल उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।
प्रतियोगितामा स्पेन कुल १५ गोल गर्न सफल भयो। जसका लागि स्पेनका युवा स्टारको भूमिका महत्त्वपूर्ण रहयो।
केबल १६ वर्षकै उमेरमा उनले स्पेनका लागि डेब्यु गर्दै फुटबल जगतमा गतिलो छाप छाडिसकेका छन्। यमलको तुलना अहिलेबाटै दिग्गज फुटबलरसँग गर्न थालिएको छ। उनी युरो कपको फाइनल खेल्नु दुई दिन अगाडि शनिबार मात्र १७ वर्ष पुगेका छन्। उनले १६ वर्षकै उमेरमा विश्व फुटबलमा तहल्का पिटेका छन्।
फाइनल खेलमा स्पेनलाई अग्रता दिलाउने क्रममा लामिन यमलको पासमा निको विलियम्सले गोल गरेका हुन्।
यामल युवा उत्कृष्ट खेलाडी बन्दा रोड्री प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।
फाइनलमा नियमित समय सकिन चार मिनेट बाँकी रहँदा पिकल ओयजबालको गोलमा इङ्गल्यान्डलाई २—१ ले हराउँदै स्पेनले युरोकप फुटबलको उपाधि जितेको हो।
ओयजबाल दोस्रो हाफमा नै कप्तान अल्भारो मोराटोको स्थानमा मैदानमा प्रवेश गरेका थिए। यस अघि दोस्रो हाफको सुरुवातमै अग्रता लिएको स्पेनको विरुद्धमा इङ्गल्यान्डका कोल पाल्मरले ७४ औं मिनेटमा गोल गरेका थिए।
जुड वेलिङघमले दिएको पासलाई उपयोग गर्दै पाल्मरले गोल गरेका हुन् । पाल्मर ७० औं मिनेटमा कोबी माइनोलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेका थिए।
खेलको दोस्रो हाफमा दुवै टोलीले कप्तानलाई प्रतिस्थापन गरेका थिए। खेलको दुवै हाफमा स्पेनले अनगिन्ती मौका पाए पनि इङ्गल्यान्डका रक्षकले यसलाई निराश पारेका थिए। अन्तिम मिनेटमा इङ्गल्यान्ड गोलको नजिक पुगेपछि स्पेनी फरवार्ड डानी ओल्मोले गोललाइनबाट बाहिर फ्याकेका थिए। विलियम्स खेलको म्यान अफ द म्याच समेत घोषित भए।
पछिल्लो पाँच पटक मध्ये तीन संस्करणको उपाधि जित्दै स्पेनले आफूलाई युरोपेली फुटबलको शक्तिको रूपमा स्थापित गरेको छ। पहिलो पटक सन् १९६४ मा युरोकप फुटबलको उपाधि जितेको स्पेनले सन् २००८, २०१२ र २०२४ को उपाधि जीतेको हो।
इङ्गल्यान्डको हकमा यो लगातार दोस्रो पटक फाइनलमा पराजय हो। यस अघिको संस्करणमा सो टोली फाइनलमा इटालीसँग पराजित भएको थियो।
स्पेनले क्वार्टरफाइनलमा जर्मनीलाई हराउने बित्तिकै स्पेनका खेलाडीले आफूहरु उपाधिको दाबेदार भएको प्रतिक्रिया दिएका थिए।
स्पेनले युरोकपमा लगातार सात खेलमा जीत हात पार्दै प्रतियोगितामा शत प्रतिशत सफलताको कीर्तिमान कायम गरेको हो। पछिल्लो एक वर्षको बिचमा स्पेनले इङ्गल्यान्डलाई फुटबलको धक्का दिएको यो दोस्रो पटक हो। सन् २०२३ को अगस्टमा महिला विश्वकपको फाइनलमा पनि स्पेनले नै इङ्गल्यान्डलाई हराएको थियो।