काठमाडौं— युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इङ्गल्यान्ड प्रतिस्पर्धामा हुने छन् । 

जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामाललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामालले इङ्गल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानुनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिर्नुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुनअनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।

OM Sai Pathibhara Hospital

यामालले युरो २०२४ को फाइनलमा इङ्गल्यान्डविरुद्ध खेल्ने एक दिनअघि (शनिबार) आफ्नो १७ औँ जन्मदिन मनाउँदै छन् । १६ वर्ष ३६२ दिनको उमेरमा यामालले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१ औँ मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।

यामालको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्गल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् ।

जर्मनीको श्रम कानुनअनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन् । एथलीट (खेलाडी) हरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजे म्म ‘काम’ गर्न अनुमति दिइन्छ ।

स्पेन र इङ्गल्यान्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । यस्तो अवस्थामा स्पेनले लामिनयामाललाई खेलाउन पहिलो ६० मिनेटको समय पाउनेछ । 

यसपछि पनि टोलीले लामिनयामाललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानुन बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख७२ हजार रुपैयाँ जरिवाना हुनेछ ।