काठमाडौँ- स्पेनिस क्लव रियल मड्रिडले स्टार खेलाडी केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको छ।  मंगलबार सान्टियागो बर्नबाउमा आयोजित विशेष कार्यक्रममा उपस्थित हजारौँ क्लबका समर्थकमाझ रियल मड्रिडले एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। 

एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा रियल मड्रिडमा अनुबन्ध भएका हुन्। रियल मड्रिड र एम्बाप्पेबीच पाँच वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार एम्बाप्पे सन् २०३० सम्म रियल मड्रिडमा रहनेछन्। 

OM Sai Pathibhara Hospital

रियल मड्रिडमा एम्बाप्पेले ९ नम्बरको जर्सी लगाउनेछन्। यसअघि ९ नम्बर जर्सी क्लबमा सुरुमा भित्रिँदा क्रिस्टियानो रोनाल्डीले पनि लगाएका थिए। 

ब्राजिलियन रोनाल्डो र फ्रान्सेली खेलाडी करिम बेन्जेमाले पनि रियल मड्रिडमा ९ नम्बरको जर्सी लगाएका थिए । एम्बाप्पेले पीएसजीमा रहँदा ७ नम्बर जर्सी लगाउने गरेका थिए । तर, रियल मड्रिडमा ७ नम्बर जर्सी ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरले लगाउँदै आएका छन्। त्यसैले एम्बाप्पेलाई ९ नम्बर जर्सी दिइएको हो। 

स्पेनिस सञ्चारमाध्यमहरूका अनुसार रियल मड्रिडले एम्बाप्पेलाई वार्षिक १ करोड ५० युरो दिनेछ। सन् २०१७ मा लोनमा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पीएसजी पुगेका एम्बाप्पेलाई सन् २०१८ मा स्थायी खेलाडी बनाएको थियो। एम्बाप्पे पीएसजीका सर्वाधिक गोलकर्ता हुन्।