काठमाडौँ- नेपाली महिला टिमकी कप्तान इन्दु बर्माले घातक बलिङ गर्दा महिला एसिया कपको उद्घाटन खेलमा यूएई सस्तैमा समेटिएको छ।

बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा यूएईले ८ विकेट गुमाएर ११६ रन लक्ष्य प्रस्तुत गरेको हो।
श्रीलंकामा सुरु भएको महिला एसिया कपको उद्घाटन खेलमा टस जितेर नेपालले यूएईविरुद्ध सुरुवाती बलिङ गरेको थियो।

बर्माका अतिरिक्त नेपालका लागि सब्नम राई र क्रितिका मरासइनीले समान १-१ विकेट लिएका थिए।
युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भए। खेलको दोस्रो इनिङस केही बेरमा हुँदैछ।