काठमाडौं– श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन्। हालै सम्पन्न टी २० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आईसीसीले जनाएको छ।

गत वर्ष श्रीलंकाको टी २० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए।हसरंगाले राजीनामा दिदैँ आफू खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ । 

OM Sai Pathibhara Hospital

आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ।