खेलकुद

    Showing 791-800 of 1,599 items.
  • एन्फा महिला लिग : सुपर लिग पुग्ने टोलीको टुङ्गो

    काठमाडौं-जारी एन्फा महिला फुटबल लिगको सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ ।  बिहीवार कोशी प्रदेश र वालिङ नगरपालिकाले आ-आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेपछि तीन खेल बाँकी छँदा नै सुपर लिग पुग्ने टोलीको टुंगो लागेको हो ।  १० टोली सहभागी सिंगल राउण्ड रोबिन लिग पूरा हुँदा अंकतालिकाको शिर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका छन् । बिहीवार कोशीले सुदूरपश्चिम प्रदेशमाथि ४-० र वालिङले चन्द्रपुर नगरपालिकामाथि २-१ को जित निकालेको थियो । जितसँगै कोशी ९ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थान सुरक्षित गर्‍यो । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछ

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 409 पटक पढिएको
  • नेपालको ओडीआई वरीयता खस्कियो

    काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा झरेको हो । आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो ।नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झर्दै १९ औं स्थानमा छ । ओडीआई वरीयतामा युएई सबैभन्दा पुछार २० औं स्थानमा छ । अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा छ भने क्यानडा चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।यस्तै ११ औं स्थानमा स्कटल्यान्ड, १२ औं स्थानमा आयरल्यान्ड , १३

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 442 पटक पढिएको
  • उज्वेकिस्तानसँग ६–० ले हारेपछि नेपालको एएफसी यू–२० एसियन कप यात्रा के हुन्छ ?

    काठमाडौं–नेपालले एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानसँग ६–० को भारी पराजय बेहोरेको छ । चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा भएको खेलमा नेपालले पहिलो हाफमा नै उज्वेकिस्तानको तीन गोल खायो । उज्वेकिस्तानका साइदनुरल्लायभले २४ र २७ औं मिनेटमा दुई गोल गरे भने नुर्लान इब्राइमोभले २९ औं मिनेटमा तेस्रो गोल थपे । दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल थप्यो । ६८ औं मिनेटमा मिर्जाएभले, ८८ औं मिनेटमा मेयिरबेक रेजाबालिएभले, र खेलको अन्तिम मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गर्दै उज्वेकिस्तानले ६–० को जित दर्ता गर्‍यो ।समूह ‘बी’ मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 587 पटक पढिएको
  • विश्वकप क्रिकेट लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

    काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले मंगलबार ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो  । 

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 369 पटक पढिएको
  • नेपाल क्यानडासँग पाँच विकेटले पराजित

    काठमाडौं–क्यानडामा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गर्‍यो । क्यानडाका लागि नाभिनित धालिवालले ८७ रन र प्रगत सिंहले ६४ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४९ रन बनाए भने दुई विकेट लिए । करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिए ।यसअघि, नेपालले टस जितेर ब्याटिङ गर्दै ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालले सिरिजको आफ्नो अन्तिम खेल मङ्गलबार ओमानसँग खेल्नेछ ।&n

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 460 पटक पढिएको
  • आईसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार

    काठमाडौं— आईसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानाडासँग नेपाल ५ विकेटले पराजित भएको छ।क्यानाडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानाडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो।सुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन। सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो।यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए। उनी अर्धशतक बनाउन मात

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 470 पटक पढिएको
  • काभा महिला भलिबलको उपाधि भिडन्त आज

    काठमाडौं— नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा पुगेको छ । पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो । पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो । फाइनल खेल आज हुनेछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ । 

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 361 पटक पढिएको
  • नेपाल ओमानसँग एक विकेटले पराजित

    काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ। क्यानडाको किङ सिटीस्थित म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा नेपालले दिएको २२० रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै जित हासिल गरेको हो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको ओमानले नेपालको इनिङलाई रोक्दै आफूलाई जितसम्म पुर्यायो।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 455 पटक पढिएको
  • १२ औं एनएसए कप पौडी प्रतियोगिता हुने

    काठमाडौं- आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।नेपाल पौडी संघको आयोजनामा असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता हुन लागेको हो । बुधवार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा

    • प्रकाशित मितिः असोज २, २०८१
    • 611 पटक पढिएको
  • सङ्कटालाई ३–० ले पराजित गर्दै एपिएफ शीर्षस्थानमा

    काठमाडौं – एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफले सङ्कटा क्लबलाई ३–० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले सहज जित निकालेको हो । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी, र सविता रानामगरले समान एक–एक गोल गरे। सरुले १३औँ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाइन्, जसलाई अनिताले ५०औँ मिनेटमा थप गोल गर्दै बलियो बनाइन्। अन्त्यमा, सविताले ६४औँ मिनेटमा गोल गर्दै खेललाई ३–० मा पुर्‍याइन् । यो जितसँगै एपिएफले ६ खेलबाट १६ अङ्क जोडेर शीर्षस्थान सुरक्षित गरेको छ भने सङ्कटा ५ अङ्कसहित सातौँ स्थानमा छ । 

    • प्रकाशित मितिः असोज १, २०८१
    • 436 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.