काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाडौंले १५ ओभरमा ९२ रन बनाएको छ। टीयू क्रिकेट मैदानमा टस जितेको काठमाडौंले कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको थियो।
पावरप्ले पश्चात काठमाडौंले २ विकेट गुमाउँदै १५ रन थप्यो। पहिलो विकेटका रुपमा शंकर रानालाई ६ रनमा रन आउटको रूपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।
६.४ ओभरमा माइकल लेभिटलाई २२ रनमा विपिन शर्माले नन्दन यादवको हातबाट क्याच गराए। उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे। भीम भने ९ बलमा जिसन मक्सुदको बलमा शिखर धवनले स्लिपमा क्याच आउट गरेका हुन्।
हालः क्रिजमा गेरहार्ड इरास्मस र सुमित महर्जन खेलिरहेका छन्। अहिलेसम्म इरास्मसले ३८ रन बनाएका छन् भने महर्जनले १७ रन जोडेका छन् ।