काठमाण्डौ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिबादेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)सञ्चालन भइरहेको छ ।
यसैबीच आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ः १५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ । दोस्रो खेल दिउँसो १ः१५ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुदैछ ।

प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।प्रतियोगितामा ८ टिमको सहभागिता छ ।