काठमाडौं— नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ७विकेट गुमाएर  १९१ रन बनाएको हो। लुम्बिनीका लागि सर्वाधिक रन कप्तान रोहित पौडेलले बनाए। उनले २९ बलमा ४६ रन बनाएका हुन्। उनी अर्धशतक प्रहार गर्नबाट चुकेका छन्। २९ बलमा ४६ बनाएका उनी आउट भएका हुन्। उनले दुई छ्क्का र चार चौका प्रहार गरे।

OM Sai Pathibhara Hospital

उनलाई  विराटनगर किंग्सका राजेश पुलामीले आउट गरेका हुन्।