मंगलबारे  ।   ५औं सनसाइन ओपन स्कुल स्तरिय चेस प्रतियोगिता २०२४ सञ्चालन भएको छl

आजको पहिलो दिन शुभरम्भा हुँदै सो कार्यक्रममा उर्लाबारी, पथरी, दमक, केराबारी, धरान, इटहरी र मिक्लाजुङबाट विद्यालयका विद्यार्थीहरु र विद्यालयका प्रतिनिधिको उपस्थिती रहेको थियो।  

OM Sai Pathibhara Hospital

सो स्कुल स्तरिय चेस प्रतियोगिता कार्यक्रम मङ्गलबारेमा रहेको सनसाइन अङ्ग्रेजी माध्यमिक बिद्यालय को सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रम का सञ्चालक विद्यालयका सह प्रधानध्यापक  भक्त बहादुर बस्नेतले सञ्चालन गरेका  थिए । उक्त कार्यक्रममा विद्यालयका प्रबंधक निर्देशक  सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका  थिए ।

सो कार्यक्रम शुक्रबारबाट सञ्चालन भई शनिबार सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।