खेलकुद

    Showing 1,541-1,550 of 1,606 items.
  • विश्वकप छनौट : आज नेपाल र जोर्डन भिड्दै

    बिर्तामोड / फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले जोर्डनसँग खेल्दै छ। नेपालले र जोर्डन बिचको खेल आज राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुदैछ ।चाइनिज ताइपेईलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ। छनोटको समूह बीमा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ।नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ। जसमध्ये नेपालले जोर्डनसँगका दुई खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ। नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो।जुलाई २३ मा

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 168 पटक पढिएको
  • विश्वक छनौटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन

    काठमाडौं  / फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ । लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २–० गोलले पराजित गरेको छ ।ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भएका हुन् ।दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो । दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ ।तेस्रो

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 267 पटक पढिएको
  • विश्वकप फुटबल छनोट : चाइनिज ताइपेई विरुद्ध नेपालको जित

    काठमाडौँ / चाइनिज ताइपेई विरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद  मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेन

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 150 पटक पढिएको
  • मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित

    काठमाडौँ/ मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले शुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गर्नुभएको थियो । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सकेनन् । लगत्तै इराकी खेलाड

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 169 पटक पढिएको
  • भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट, प्रशिक्षकमा भट्ट

    काठमाडौँ  / नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ ।  सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 172 पटक पढिएको
  • बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट

    काठमाडौँ / अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन् । नेपाल सुपर लिग सकिएको भोलिपल्ट आज प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ । छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेहसँग प्रतिस्पर्धा गर्न

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 252 पटक पढिएको
  • गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

    गण्डकी / प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो । लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ«े हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परिकल्पना गरिएको छ । उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 178 पटक पढिएको
  • टेस्ट वरीयतामा भारत शीर्ष स्थानमा यथावत्

    काठमाडौं  / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ल टेस्ट राष्ट्रको वरीयता सार्वजनिक गरेको छ ।आईसीसीले सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भारत शीर्ष स्थानमै रहन सफल भएको हो ।न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 242 पटक पढिएको
  • नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

    काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 143 पटक पढिएको
  • आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा मनोनीत भए भुर्तेल

    काठमाडौं / राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को  ‘प्लेयर अफ द मन्थ’ मनोनीत भएका छन् । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत् अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनीत गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेलसमेत मनोनीत भएका हुन् ।नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत् अप्रिल महिनामा पर्दापण गरे । डेब्यु प्रतियोगितामै लगातार तीन अर्धशतक लगाएर उनले विश्व कीर्तिमान बनाए । डेब्यु गर्दा लगातार तीन

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 176 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.