काठमाडौं // नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेका छन्।

क्रिकेटर खड्काले आज बिहानै सामाजिक संजालमा आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै  संन्यास लिने निर्णय गरेको जानकारी गराएका हुन्।

OM Sai Pathibhara Hospital

उनले नेपालको लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताउँदै २००२ मा १५ वर्षको हुँदा शुरु गरेको क्रिकेट यात्रामा साथ,सहयोग ,समर्थन ,माया र हौसल्ला दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुङ्गिएको बताएका खड्काले सन्यास लिनुको कारण भने खुलाएका छैनन् ।