काठमाडौँ //अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनाबाट बाहिरिने भएका छन्। 

क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको  बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

यस अघि उनी अन्यत्र जानसक्ने सम्भावना रहेको बताइए पनि पछि बार्सिलोनामै रहने जनाएका थिए।

मेसीलाई बार्सिलोनाले क्लबका लागि पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ ।१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेल खेलेका छन् ।

करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । 

यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि  साथै छ पल्ट बालोन डी’अर पनि जितिसकेका छन् ।