बिर्तामोड / विश्व खेलकुदको कुम्भमेला ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) को छैटौँ दिनको खेल सकिदाँ चीन पदक तालिकाको शीर्षस्थानमा कायम छ ।

सुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेको थियो । चीनले बिहीबार ५ स्वर्ण जित्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ । १५ स्वर्ण जितेर जापान पदक तालिकामा दोस्रो स्थानमा छ । चीनले बिहीबारसम्म १७ स्वर्ण, ८ रजत र ११ कास्य गरी कुल ३६ पदक जितेको छ ।

OM Sai Pathibhara Hospital

जापानले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक जितेको छ । १४ स्वर्ण, १६ रजत र ११ कास्य गरी कुल ४१ पदक जितेको अमेरिका तेस्रो स्थानमा छ । रसियन खेलाडीको टोली (आरओसी) १० स्वर्ण, १२ रजत र ९ कास्यसहित ३१ पदक जित्दै चौथो स्थानमा  छ ।

बुधबारसम्म ३ स्वर्ण जितेको अष्ट्रेलियाले बिहीबार थप ५ स्वर्ण जित्दै पाँचौ स्थानलाई थप पकड बनाएको छ । अष्ट्रेलियाले ८ स्वर्ण, २ रजत र १० कास्य गरी कुल २० पदक हात पारेको छ । इंग्ल्यान्ड ५ स्वर्ण, ७ रजत र ६ कास्य गरी कुल १८ पदक जितेर छैटौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ४ स्वर्ण ३ रजत र ५ कास्य गरी कुल १२ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।

फ्रान्स, जर्मनी र इटाली शीर्ष १० मा रहेका छन् । ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल ११ पदक जित्दै फ्रान्सले एक स्थान सुधार गर्दा जर्मनी एक स्थान तल झरेको छ । जर्मनीले ३ स्वर्ण, ३ रजत र ७ कास्य गरी कुल १३ पदक जितेको छ ।

इटाली २ स्वर्ण, ७ रजत र १० कास्य गरी कुल १९ पदक जित्दै शीर्ष १० मा उक्लिएको छ । नेदरल्यान्ड, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले समान २ स्वर्ण जितेका छन् । हालसम्म विश्वका ३४ राष्ट्रले स्वर्ण जित्दा ६६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।