काठमाडौँ / डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालकी सन्दीपा सहित तीन खेलाडीले स्वर्ण पदक जितेका छन् ।

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपाले अमगाईंले अमेरिकाको सानोन मास्देनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरेकी हुन् । महिला १८३० वर्षमुनि उमेर समूहमा सन्दीपाले ५.५०० अंक प्राप्त गर्दा सानोनले ५.४०० अंक प्राप्त गरेकी थिइन्।

OM Sai Pathibhara Hospital

सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । पुरुष तर्फ ३०-४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ अंक प्राप्त गर्दा क्लिभले ४.४८३ अंक जोडेका थिए ।

नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण पदक प्राप्त गरेका छन् । प्रेमकुमारले कूल ५.०६७ अंक प्राप्त गर्दै अमेरिकाका टिम ओमिरालाई हराएका हुन् । थोरै अंकले पछि परेका टिमले ५ अंक प्राप्त गरेका थिए ।

साउन १६ गतदेखि सञ्चालन भएको उक्त च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिङ्गापुर, स्लोभानिया र इण्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।