बिर्तामोड / विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् । 

फुटबल क्लब पीएसजीका मालिकका भाइ खालिद हमद बिन खलीफा अल–थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मेसीसँग कुराकानी पूरा भएको र चाँडै यसबारे औपचारिक घोषणा हुने दाबी गरेका छन् ।

OM Sai Pathibhara Hospital

अल–थानीले ट्विटरमा लेखेका छन्, – ‘आधिकारिक रुपमा कुराकानी समाप्त भएको छ, पछि मेसीको घोषणा हुनेछ।’

मेसीको भविष्यका बारेमा विकसित भएका घटनाक्रम अपेक्षा गरिएको भन्दा द्रुत गतिमा भइरहेको स्पेनिस खेलकुद पत्रिका मार्काले जनाएको छ। 

मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ। 

च्याम्पियन्स लिग ट्रफीको प्रतिक्षामा रहेको पीएसजीमा अब सर्जियो रामोस र मेसीले आठौं ट्रफी पार्सदेश प्रिन्सेस ड्रेसिङ रुममा ल्याउने अपेक्षा गरिएको मार्काले उल्लेख गरेको छ।