खेलकुद

    Showing 1,511-1,520 of 1,605 items.
  • वेष्टइन्डिज विरुद्धको ओडिआई सिरिज अष्ट्रेलियाले जित्यो

    काठमाडौँ / वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले  २-१ ले जितेको छ । अष्ट्रेलियाले तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको अष्ट्रेलियाले दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 491 पटक पढिएको
  • सागका विजेता खेलाडी नगदसहित सम्मानित

    काठमाडौँ / नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् ।नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ  पदकधारी तथा खेलाडी सम्मानित भएको हो । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जितेका थिए ।महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेका थिए । त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 159 पटक पढिएको
  • टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा

    काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया,

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 403 पटक पढिएको
  • राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकद्धारा राजीनामाको घोषणा

    झापा /सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अलमुताइरीले राजीनामा दिने बताएका हुन् ।साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हा

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 236 पटक पढिएको
  • टोकियो ओलम्पिकः आयोजक राष्ट्र शीर्ष स्थानमा

    एजेन्सी / जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) मा आयोजक राष्ट्र तालिकाको शीर्ष स्थानमा रहेको छ ।जापानले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक रजतसहित चार पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । जापानलाई पछ्याउँदै चीन दोस्रो स्थानमा पुगेको छ । चीनले तीन स्वर्ण र दुई कांस्य पदक हात पार्दै दोस्रो स्थानमा सुरक्षित छ ।यसैगरी संयुक्त अधिराज्य अमेरिका एक स्वर्ण, दुई रजत र चार कांस्य पदक सुरक्षित गर्न सफल भएको छ । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्ड, अष्ट्रेलिया, रुस, कोरिया समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 162 पटक पढिएको
  • टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएका छन् ।केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेका छन् । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेका छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोरेका छन् । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकेका छन् । उनि वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएका हुन् । भट्टले

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 189 पटक पढिएको
  • टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १०

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 177 पटक पढिएको
  • टोकियो ओलम्पिकको उद्घाटन आज हुदैं

    काठमाडौँ / विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४:४५ मिनेटमा उद्घाटन हुनेछ ।उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२०

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 150 पटक पढिएको
  • एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने नेपाल

    बिर्तामोड / नेपालले फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । कोरोनाका कारण नेपालले च्याम्पियनसिप नखेल्ने भएको हो । यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जान

    • प्रकाशित मितिः साउन १, २०७८
    • 251 पटक पढिएको
  • बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

    काठमाडौँ / राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहेका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीमा अर्पण कार्की, विक

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 165 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.