एजेन्सी / यो सिजन धेरै स्टार खेलाडी गुमाएको बार्सिलोनाले नेदरल्याण्ड्सका स्ट्राइकर लूक डे जोङ्गलाई क्लबमा भित्र्याएको छ । फ्रान्सेली खेलाडी एन्टोने ग्रिजमन्नलाई एटलेटिको मड्रिड पठाए लगत्तै जोङ्गलाई क्लबमा भित्राएको हो ।

बार्सिलोनाले जारी संस्करणमा ३१ वर्षीय डे जोङ्गको तलब भुक्तान गर्ने र  स्थायी सम्झौताका लागि अर्को संस्करणमा निर्णय गर्ने सर्तमा भित्राएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

एटलेटिको मड्रिडबाट ग्रिजमन्न दुई वर्ष अघि १० करोड ७ लाख पाउन्ड लिएर बार्सिलोना गएका थिए । ग्रिजमन्नले २५७ खेलमा १३३ गोल गरेका छन् ।