काठमाडौं//अफगानिस्तानका अलराउण्डर करिमले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका छन्। 

अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नतले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका हुन्।

OM Sai Pathibhara Hospital

चितवनले बुधबार करिमलाई ईपीएलका लागि अनुबन्ध गरिएको  जानकारी दिएको छ।

चितवनले पाँचौ विदेशी खेलाडीको रुपमा करिमलाई अनुबन्ध गरिएको जनाएको छ ।

 २३ वर्षीय करिमको टी-ट्वान्टीमा राम्रो स्किल रहेको छ र उनी मध्यपंक्तीका उपयोगी व्याट्सम्यान पनि हुन्।

चितवनले यस अघि अफगानिस्तानकै मोहम्मद साहजाद, पाकिस्तानका डानिश अजिज, श्रीलंकाका सेकुगे प्रसन्न र  मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहलाई अनुबन्ध गरेको थियो  ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने  बताइएको छ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुने बताइएको छ ।