बिर्तामोड / इरानका खेलाडी अलि डेइलाई पछि पार्दै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् ।  

गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गर्दै १११ गोल गरेर उनी सबै भन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन् । 

OM Sai Pathibhara Hospital

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने अलिले सन् २००३ मा हंगेरियन लेजेन्ट फेरेन्क पुस्कासको ८५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो किर्तिमान बनाएका थिए । 

रोनाल्डोले विश्वकप छनोटमा ३३ गोल गरेका थिए । त्यस्तै युरोपियन च्याम्पियनसिप क्वालिपायर्समा ३१, अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा १९, युरोपियन च्याम्पियनसिपमा १४, विश्वकपमा ७, यूईएफए नेशन्स कपमा ५ र  कन्फिडरेसन कपमा २ गोल गरेका थिए । 

यसमध्ये रोनाल्डोका अधिकांश गोलहरू (लगभग) खेलको अन्तिम ३० मिनेटमा आएका छन्। त्यस्तै ३३ पटक अन्तिम १५ मिनेटमा गरेका छन्। त्यस्तै २२ गोल ६१ देखि ७५ मिनेटको बीचमा गरेका छन्। त्यस्तै उनले सर्वाधिक गोल गरेका दुई टिम लिथुवानिया र स्विडेन हुन्। दुबै टिमविरुद्ध उनले ७ ७ गोल गरेका छन्।

रोनाल्डो र अलिपछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मलेसियन खेलाडी मोख्तर दहारी रहेका छन् । उनले ८९ गोल गरेका छन् ।