एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल  १३ औं स्थानमा पुगेको छ ।


नेपाल रहेको १२ औं स्थानमा भने आयरल्यान्ड उक्लिएको छ । नेपाल एसोसियटतर्फबाट टि २० वरीयतामा अग्रस्थानमा भने यथावत नै रहेको छ ।

नयाँ वरीयतामा  इंग्ल्यान्ड पहिलो , भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्  । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौँ, बंगलादेश सातौँ, अफगानिस्तान आठौं, श्रीलंका नवौँ र वेस्टइन्डिज दशौँ स्थानमा रहेका छन् ।

त्यसैगरी जिम्बावे ११ औं स्थानमा रहेको छ भने टि २० आई वरीयतामा नेपालभन्दा पछि स्कटल्यान्ड १४ औँ, यूएई १५ औँ, पपुवा न्युगिनी १६ औँ, नेदरल्यान्ड १७ औं र ओमान १८ औं स्थानमा छन् ।आईसिसिका सदस्य राष्ट्र मध्ये सर्बिया पुछारमा ८२ औं स्थानमा रहेको छ ।

नेपाल ओडिआई वरीयतामा भने १६ औं र टि२० आईमा ११ औं स्थानमा रहेको छ ।

यतिबेला नेपाली टोली ओमानमा रहेको छ । ओमानमा नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ ।

त्यसअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल सेप्टेम्बर ५ र ८ मा खेल्ने कार्यक्रम रहेको छ । 
cricet