काठमाडौं//बार्सिलोनामा हुँदा मेसीले लगाउने गरेको आइकोनिक जर्सी फातिले लगाउने भएका छन् ।

अन्ततः अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले बार्सिलोनाबाट खेल्दा लगाउने आइकोनिक १० नम्बरको जर्सी १८ वर्षीय खेलाडी अंशु फातीले लगाउने भएका हुन् । 

OM Sai Pathibhara Hospital

यसअघि फातीले बार्सिलोनामा ३१ र २२ नं. जर्सी लगाएका थिए ।

आइकोनिक १० नं.को जर्सी लाई मासियाकै उत्पादनले लगाउने फाटीले १० नं. जर्सी लगाएको तस्बिर फेसबुकमा राख्दै बताएका हुन्। 

बार्सिंलोनाले भविश्यको स्टारको रुपमा हेरेर नै फातीलाई १० नं.को जर्सी दिएको फुटबल पण्डितहरुको अनुमान छ ।

बार्सिलोनाबाट पनि फातीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् । सन् २०१९ बाट बार्सिलोनाको सिनियर टिमबाट खेल्न थालेका उनले धेरै समय बेन्चमै बिताएका छन् ।

यसका बीच पनि उनले ३१ खेलबाट ११ गोल गरिसकेका छन् ।

पछिल्लो वर्षदेखि भने फाती सुरुवाती ११ मा पर्दै आएका छन् । उनले मेसीसँग एट्याकिङ पार्टनर भएरसमेत खेलेका थिए ।

अर्कोतिर, बार्सिलोनाका कप्तानसमेत रहेका मेसी गत साउन २६ गते स्पेनिस क्लब छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।

बार्सिलोनामा रहँदा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै प्रायः सबैखाले रकर्ड तोडेका थिए । यसैकारण पनि अन्य खेलाडीहरुले त्यो लिगेसी लिन आँट नगरेको बताइएको छ ।

अगुइरोले बार्सिलोनाबाट खेल्दा १९ नं. जर्सी लगाउने निर्णय गरेका छन् । यता, पिएसजीमा भने मेसीले आफ्नो आइकोनिक १० नं.को जर्सी छोडेका छन् ।

नेइमारलाई दिँदासमेत उनले लगाउन मानेनन् ।

पिएसजीमा मेसीले ३० नं.को जर्सी लगाएका छन् ।मेसी अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तानसमेत हुन् ।

राष्ट्रिय टिमबाट खेल्दा भने उनले १० नं.कै जर्सी लगाउनेछन् ।

 अफ्रिकन देश गिनी बिसाउमा जन्मिएका फाती पनि १० वर्षको उमेरदेखि नै बार्सिलोनाको एकेडेमी ला मासियामा आबद्ध छन् ।

पछि स्पेनले नागरिकता दिएपछि स्पेनिस राष्ट्रिय टिमबाट पनि उनले खेलिसकेका छन् ।

डेब्युमै गोल गर्दै उनी सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने स्पेनिस खेलाडीसमेत बनेका छन् ।