खेलकुद

    Showing 1,221-1,230 of 1,313 items.
  • टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा

    काठमाडौँ / जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया,

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 306 पटक पढिएको
  • राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षकद्धारा राजीनामाको घोषणा

    झापा /सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अलमुताइरीले राजीनामा दिने बताएका हुन् ।साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हा

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 192 पटक पढिएको
  • टोकियो ओलम्पिकः आयोजक राष्ट्र शीर्ष स्थानमा

    एजेन्सी / जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक –२०२०) मा आयोजक राष्ट्र तालिकाको शीर्ष स्थानमा रहेको छ ।जापानले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक रजतसहित चार पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । जापानलाई पछ्याउँदै चीन दोस्रो स्थानमा पुगेको छ । चीनले तीन स्वर्ण र दुई कांस्य पदक हात पार्दै दोस्रो स्थानमा सुरक्षित छ ।यसैगरी संयुक्त अधिराज्य अमेरिका एक स्वर्ण, दुई रजत र चार कांस्य पदक सुरक्षित गर्न सफल भएको छ । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्ड, अष्ट्रेलिया, रुस, कोरिया समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 122 पटक पढिएको
  • टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएका छन् ।केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेका छन् । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेका छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोरेका छन् । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकेका छन् । उनि वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएका हुन् । भट्टले

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 121 पटक पढिएको
  • टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

    काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १०

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 133 पटक पढिएको
  • टोकियो ओलम्पिकको उद्घाटन आज हुदैं

    काठमाडौँ / विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४:४५ मिनेटमा उद्घाटन हुनेछ ।उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नुहुनेछ । सन् २०२०

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 108 पटक पढिएको
  • एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने नेपाल

    बिर्तामोड / नेपालले फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । कोरोनाका कारण नेपालले च्याम्पियनसिप नखेल्ने भएको हो । यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको बताइन् । उनले त्यसबारे थप जान

    • प्रकाशित मितिः साउन १, २०७८
    • 207 पटक पढिएको
  • बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

    काठमाडौँ / राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गरेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहेका छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीमा अर्पण कार्की, विक

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 121 पटक पढिएको
  • यूरोकप : ११ अंकको गजबको संयोग

    बिर्तामोड /  विश्व फुटबलको ठुलो प्रतियोगिता युरोकपको उपाधिका लागी आज राती इटाली र इङ्ल्यान्ड बीच हुने फाइनल भिडन्त सँगै यहाँसम्म आइपुग्दा विचित्र लाग्ने गरि ११ अङ्कको संयोग देखाएको छ । कोरोनाका कारण घोषित मिति भन्दा ११ महिना ढिला भएको प्रतियोगिता ११ जुनमा सुरु भएर ११ जुलाईमा सकिँदै छ ।युरोकपको इतिहासमानै पहिलो पटक यो वर्ष ११ नै आयोजक बन्न पाए । यो पटक प्रतियोगिताका खेलहरूमा लन्डन (इङ्गल्यान्ड), सेभिला (स्पेन), ग्लास्गो (स्कटल्याण्ड), कोपनहेगन (डेनमार्क), बुडापेस्ट (हंगेरी), एम्स्टरडम (नेदरल्याण्ड्स), बुखारेष्ट (रोमानिया), रोम (इटली), म्युनिख (जर्मनी), बाकु (अजरबैजान) र सेन्ट पिटर्सबर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 214 पटक पढिएको
  • युरो कप फाईनलमा इङ्ग्ल्यान्ड र इटली खेल्दै

    काठमाण्डाै / युरो कप फुटबलको फाईनलमा आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो ।इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बर

    • प्रकाशित मितिः असार २७, २०७८
    • 365 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा