एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टि- ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादले जित निकालेको छ । मुम्बईमा मंगलबार राति भएको खेलमा हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले हराएको छ ।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले ७६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै प्रियम गार्गले ४२ रन जोड्दा निकोलस पुरनले ३८ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । जस्प्रित बुम्राह, डानिल साम्स र रिले मेरीदिथले १ र १ विकेट लिए । हैदरावादको यो छैटौँ जित हो । जितसँगै हैदरावादले १३ खेलमा १२ अङ्क जोडेको छ । हैदरावाद आठौं स्थानमा रहेको छ ।मुम्बईको यो दशौँ हार हो । मुम्बई १३ खेलमा ६ अङ्क जोडेर पुछारमा रहेको छ ।





































