काठमाडौँ / नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले प्रोफेसनल फाइटमा जीत हात पारेका छन् । 

फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।

OM Sai Pathibhara Hospital

गुणराजले म्यानमारका माङकोन यतितलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।