काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले टस जितेर पहिले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले जिम्बावे ‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू-अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।





































