काठमाडौँ / नेपालले दोस्रो एक दिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ ।  जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको  हो । 

लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।

OM Sai Pathibhara Hospital

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो ।

उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसी र सोमपाल कामीले ३र३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । यसअघि शुक्रबारको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले हराएको थियो ।

जिम्बावेको  ‘ए’ टिम नेपालमा तीन ट्वान्टी –२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी –२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । 

त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे  ‘ए’ लाई ८ विकेटले हराएको थियो ।